खर्बपति बिनोद चौधरीको यात्रा अनुभव किन जान्छन् पैदल यात्रा ?
काठमाडौं । नेपालका खर्बपति बिनोद चौधरीलाई जुनबेला महँगो मोटर चढेर शयर गर्ने सोख थियो त्योबेला उनको हातमा स्रोत थिएन, अहिले मनग्गे स्रोत छ तर त्यस्तो मोटर चढ्ने सोख छैन ।
देशदेशावर गर्दा होस् कि विदेशका शहरहरुमा कामकाजले हिँड्नुपरोस् चौधरी मोटरमै सवार हुन रुचाउँछन् । भन्छन् म सकेसम्म मोटरमै यात्रा गर्न रुचाउँछु, मोटरमा हिँड्दा प्रकृतिको सुरम्य दृश्य दर्शन गर्न पाईन्छ । विभिन्न ठाउँगाउँहरुमा मानिसहरुको चहलपहल नजिकैबाट अवलोकन गर्न पाईन्छ जसले गर्दा मन हलुका हुन्छ, आनन्द आउँछ ।
उद्योगपति चौधरी कैयौंं थाँती रहेका कामहरु मोटरमा यात्रा गर्दा फत्ते गर्छन् । यो उनको बानी हो । साथीभाई र सरोकारवाला मित्रजनका मिस्ड कलहरु रेस्पोन्स पनि गर्छन् यात्रामै । कैयौं नयाँ योजना पनि उनले मोटरमा यात्रा गर्दा नै बुनेका छन् ।
सडक यात्रा मात्र होइन बिनोदको पैदलयात्रा पनि अर्को बानी लागेको सोख हो । संसारका धनाढ्य व्यक्तिहरुले प्राईभेट जहाजमा आएर पैदलयात्रा गरेर नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गरेको थाहा पाएर कुनैबेला उनलाई एककिसिमको अपशोच जस्तो पनि भएको थियो । उनले सोचे ’अहो ! म यही देशको नागरिक भएर पनि यस्तो अमूल्य अवसर गुमाई पो रहेको रहेछु’ भन्ने लागेपछि उद्योगपति चौधरीले पैदलयात्रा सुरु गरे । त्यो अठोट उनको निरन्तर जारी छ र यो कार्यले उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवर्द्दनमा समेत ठोस योगदान पुगिरहेको छ । पैदलयात्रामा शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य पनि ताजा हुने उनको अनुभव छ । यतिमात्र होईन, उच्च प&